सरकार झुट र भ्रमको खेतीमा लाग्योः नेता पौडेल

SITENAME

दमौली, तनहुँ, २१ चैत : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभएको छ । 

आज दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा भन्दा पनि झुट र भ्रमको खेतीतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकार काम गर्नेभन्दा पनि लोकप्रियता कमाउनेतर्फ बढी मात्रामा लागेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण केबल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिग्रेको सम्बन्ध सुधार्नेबाहेक आफूले अरु कुनै उपलब्धि नदेखेको नेता पौडेलले बताउनुभयो । उहाँले भ्रमणलाई लिएर धेरै लोकप्रियता कमाउनेतर्फ लाग्नुभन्दा पनि देशको आर्थिक समृद्धि र विकासलाई अगाडि बढाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । 

काँग्रेस अब कसरी अगाडि बढ्ला भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता पौडेलले १४औँ महाधिवेशनपछि काँग्रेस फेरि जुझारु र सक्रिय हुने दाबी गर्नुभयो । काँग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्नु आवश्यक रहेको उहाँको भनाइ थियो । 
 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वैकल्पिक शक्तिका रुपमा फोरम

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ