सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

SITENAME

काठमाडौँ, १८ चैत :  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । 


उहाँको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । 

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उहाँको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

 

 

 

प्रतिकृया दिनुहोस
SITENAME

कार्यकारी राष्ट्रपतिय प्रणाली हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने- कांग्रेस नेता केसी

विराटनगर, ३ असार : नेपाली कांग्रेसका  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली  व्यवस्था हाम्रो जस्तो मुलुकका लागि

SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले

SITENAME

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, २२ वैशाख : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको