विराटनगरको साथ फुटबलको विकास

SITENAME

विराटनगर, ८ चैत, यसपल्ट विराट गोल्डकप फुटबल आयोजक समितिले विराटनगरको साथ, फुटबलको विकास नारा अंकित गरेको छ । वि.स.२०१८ सालदेखि आयोजना सुरु भएको महेन्द्र गोल्डकपको गणतान्त्रिक विराट गोल्डकप संस्करणले फुटबलको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै यो नारा कोरिएको आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । विराटनगरको साथ फुटबलको विकास नारालाई गोल्डकपका सबै प्रचार सामाग्रीमा समावेश गरिएको छ । यसअघि कुनै पनि संस्करणमा गोल्डकपको नारा कोरिएको थिएन । पहिलोपटक रात्री समयमा हुने गोल्डकपमा यसपटक नेपाल,भारत, भुटान र बंगलादेशका १० स्तरीय टिम समावेश हुनेछन् । इतिहासको निरन्तरता र फुटबल खेलेको विकासका लागि उद्योगी र व्यवसायीहरुको समूह गोल्डकप सफल बनाउन सक्रिय देखिएको छ । गोल्डकप आयोजनाका लागि नीजि क्षेत्र जुर्मुराउनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । रमपम र मारुती सिमेन्ट मुख्य प्रायोजक रहेको गोल्डकप चैत्र १७ देखि २६ गतेसम्म सहिद मैदानमा हुनेछ ।

 

 Go" ;[li6 b}lgs 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय भलिबल प्रतियोगिता

लहान, १६ चैत : लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि

SITENAME

जर्मनी र स्पेनले बराबरी खेले

१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् । २०१० को विश्व च्याम्पियन स्पेनले खेलको

SITENAME

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाललाई पहिलो सफलता

काठमाडौँ, १ चैत : अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ ।  जिम्बावेमा जारी