निजी प्राविधिक शिक्षालय महासंघको अभिमुखीकरण कार्यक्रम सम्पन्न

SITENAME

विराटनगर ४ चैत :  निजी प्राविधिक शिक्षालय महासंघको प्रदेश नवर ५ स्तरीय अभिमुखीकरण कार्यक्रम नेपालगंजमा सम्पन्न भएको हो ।
महासंघको केन्द्रिय अध्यक्ष शैलेन्द्र मोहन झाको प्रमुख आतिथ्यता तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका परिक्षा नियन्त्रक दोवरलाल  शिलाकार र निर्देशक महेश भट्टराईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिटिइभिटी द्धारा संचालित संस्थाहरूको स्थायित्व,पाठयक्रम परिमार्जन वैज्ञानिक शुल्क निर्धारण अनुगमन तथा मुल्याङ्कनका सम्वन्धमा विभिन्न सुझावहरू प्रस्तुत भएका थिए ।
महासंघका ५ नवर प्रदेश अध्यक्ष अरूण पाण्डेको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा  सचिव दोर्णप्रसाद भुसालले उदघोषण गरेका थिए ।

कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ट उपाध्यक्ष वसन्तराज खनाल ,सिटिईभिटी क्षेत्रीय कार्यालय निर्देशक शिवहरी ढकाल,यादव  सुवेदी,अमर घर्ती, कोरिया नेपाल इन्ष्टियुट अफ टेक्नोलोजीका उपप्रमुख अजय सिंह, भेरी प्राविधिक शिक्षालयका उपप्रमुख पारस खड्का,फोरम फर हेल्थ साईन्सका महासचिव संजय सिंह ,पाल्पा टेक्निकलका प्रिन्सिपल त्रिलोचन पौडेल ,लुम्बिनी टेक्निकलका अजय थापा,सिद्धार्थ मेडिकल तौलिहवाका राकेश शर्मा,एनआइटि विराटनगरका भगवान झा,महासंघका ५ नम्वर प्रदेश कौषाध्यक्ष दोर्ण वहादुर ओली लगायतले आ-आफ्नो सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

विराटनगर ,८ भदौ :सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिकाले एक कार्यक्रम वीच देवानगंज स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण गरेको हो ।

SITENAME

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

काठमाडौँ, १० साउन : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा

SITENAME

कारागारकी युवतीबाट शिशुको जन्म

भद्रपुर, १० साउन रासस : जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार