छुट्टाछुट्टै आगलागीमा रु २० लाखको क्षति

SITENAME

राजविराज, ४ चैत : सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । 

सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार्डवेयरका विभिन्न सामान जल्दा सो मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

आगलागी कुन कारणले भएको खुल्न नसकेको र विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यता आगोलाई स्थानीयवासी, प्रहरी तथा राजविराजबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

यस्तै, छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी बस्ने रामपृत यादवको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

त्यस्तै, सप्तरीकै रुपनी गाउँपालिका–३ मा आगलागी हुँदा स्थानीय कमल मुखिया र छेदी मुखियाको नगदसहित एक÷एक वटा घर जल्दा रु दुई लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिप्रकाले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए । 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने कसरत सुरु

विराटनगर , ७ वैशाख : प्रदेश १ को नामाकरण र स्थायी राजधानीका विषयमा छलफल सुरु भएको छ । प्रदेश सरकार गठन भएको दुई महिना पछि प्रदेशको नामाकरण र राजधानीको

SITENAME

बलात्कार आरोपमा एमबिबिएस विद्यार्थी पक्राउ

विराटनगर , ७ वैशाख : बलात्कार आरोपमा नोवेल मेडिकल कलेज विराटनगरमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सप्तरी राजविराज-३,बेलहीका मनिष

SITENAME

नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर, चितवन, ३ वैशाख : नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।  यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा