जेठाजुबाट बुहारीलाई मिर्गौला दान

SITENAME

काँकडभिट्टा, ४ चैत : झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । 

भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । 

दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गाैला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गाैला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो । 

सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताउनुभएको थियो । मिर्गाैलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताउनुभयो । उहाँका अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उहाँकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गाैला दान दिनुभएको थियो । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने कसरत सुरु

विराटनगर , ७ वैशाख : प्रदेश १ को नामाकरण र स्थायी राजधानीका विषयमा छलफल सुरु भएको छ । प्रदेश सरकार गठन भएको दुई महिना पछि प्रदेशको नामाकरण र राजधानीको

SITENAME

बलात्कार आरोपमा एमबिबिएस विद्यार्थी पक्राउ

विराटनगर , ७ वैशाख : बलात्कार आरोपमा नोवेल मेडिकल कलेज विराटनगरमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । सप्तरी राजविराज-३,बेलहीका मनिष

SITENAME

नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर, चितवन, ३ वैशाख : नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ ।  यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा