नक्सा स्वीकृतसम्बन्धी मापदण्ड अपारदर्शी

SITENAME

जनकपुरधाम, ३० फागुन : जनकपुर उपमहानगरपालिकामा नक्सा स्वीकृतिसम्बन्धी मापदण्ड अपारदर्शी भएको आरोप प्रविधिज्ञहरूले लगाएका छन् । 

इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनले उक्त समस्याबारे आज उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदै उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा नक्सा तयार पार्न लगाउन समुदायलाई बाध्य गराउने र एकाधिकार जमाउने कार्य भइरहेकाप्रति ध्यानाकर्षण गराएको हो । 

एशोसिएशनले नक्सा स्वीकृतिसम्बन्धी निश्चित मापदण्ड सार्वजनिक गर्न र मापदण्डबमोजिम सहज ढङ्गले नक्सा स्वीकृतिको प्रक्रिया अपनाउन माग गरेको छ । 

सूची दर्ताको नाममा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लिइने दस्तुर विधिसम्मत नभएकाले यसलाई बन्द गर्दै प्राविधिकतर्फ विशेषज्ञको व्यवस्था गर्न माग गरेको छ । 

कन्सल्टेन्सीका अध्यक्ष हेमशंकर अरगरियाले एकाधिकार र स्वेच्छाचारी सञ्जालबाट आम जनसमुदायलाई मुक्त गर्न उपमहानगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरिएको बताउनुभयो । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

अन्तिम पुषमा बथनाहा विराटनगर रेल सञ्चालनमा आउने

 विराटनगर, ८ असार : सरकारले आगामी पुसको अन्त्य सम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग

SITENAME

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज, ६ असार  : भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।  सस्तो मूल्य र गुणस्तरहीन भारतीय

SITENAME

महानगरले साप्ताहिक हाटबजार साउन देखि बन्द गर्ने

विराटनगर, ३ असार : विराटनगर महानगरपालिकाले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने  तयारी गरेको छ । आज विराटनगरमा  विकल्प