पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार प्रोत्साहन रकम

SITENAME

विराटनगर , ३० फागुन  : । विराटनगर महानगरपालिकाले छोरीमाथि गरिने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो । महानगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गरी पहिलो सन्तान छोरी जन्माउने १४ जनालाई प्रोत्साहन रकम वितरण गरियो । महानगरको गएको २३ साउन बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो ।

महानगरले छोरी बचाउन अभियान स्वरुप निश्चत दायारा पूरा गर्नेहरुलाई प्रोत्साहन रकम प्रदान गर्नेछ । प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाएको हुनुपर्ने प्राबधान राखिएको छ ।

छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालेको महानगरका प्रमुख भीम पराजुलीले बताउनुभयो । प्रोत्साहन रकम प्राप्त गर्न महानगरमा निवेदन दिनुपर्छ । पहिलो चरणमा ३१ निवेदन परेको भएपनि १४ जना मात्र कार्यक्रममा सहभागी थिए । उनीहरुलाई महानगर प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।

अन्य बाँकी रहेका र अब नाम दर्ता हुनेहरुलाई महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण हुनेछ । समाजमा अझैपनि छोरा र छोरी भनेर विभेद हुने गरेको भन्दै महानगर प्रमुख पराजुलीले यो अभियानले विभेद कम गर्न सहयोग पुग्ने दावी गर्नुभयो । छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि महानगरपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी ल्याउने उपप्रमुख कार्कीको जिकिर छ ।

छोरी बचाउ गर्न यो अभियान सुरु गरेका हौं,’ उपप्रमुख कार्कीले भन्नुभयो, ‘महानगरपालिकाको पहिलो परिषद बैठकले निर्णय गरी छोरी जन्माउने आमालाई प्रोत्सान भत्ता दिन सुरु गरेका हौं ।’ गर्भावस्थामै छोरी भए गर्भ फाल्ने र भ्रुणहत्या कम गर्न पनि यो अभियान थालिएको उहाँको भनाइ छ ।

छोरी जन्मिँदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको विराटनगर–१८ की सुदिनदेवी मण्डलले बताउनुभयो । ‘मेरो छोरी जन्मिँदा ३ हजार मिल्यो,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाको यो कार्य निकै राम्रो लाग्यो । महानगरपालिकाले दिएको भत्ता छोरीको नाममा खाता खोली बचत गरिदिन्छु’ उहाँले भन्नुभयो । सुदिनदेवी जस्तै अन्य १३ जना आमा बनेकी महिलाहरुले प्रोत्साहन भत्ता पाएपछि हर्षित देखिन्थे ।

 

 

 

 

 

पहिलो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग