स्थानिय तहमा बैँक स्थापना हुन सकेन

SITENAME

विराटनगर,२९ फागुन : सुनसरीको दक्षिणी सिमावर्ती गाँउपालिका देवानगंजमा बैँक स्थापना हुन सकेको छैन । बैँक स्थापना नहुँदा यस ठाँउका नागरिक अन्त्य धाउन बाध्य छ । देवानगंज गाउँपालीकामा कुनै पनि बैँक को शाखा नहुदाँ त्यहाँका जनप्रतिनिधी तथा स्थानीय व्यपारी,स्थानीय वासिन्दा विराटनगर,इनरुवा, हरिनगर धाउन बाध्य भएका हुन् ।
सरकारले यस अघि नै स्थानीय तहमा बैँकका शाखा स्थापना गर्ने भने पनि बैँक नहुँदा सास्ती हुने गरेको कारोवार गर्न सदरमुकाम इनरुवा जान बाध्य भएको गाउँपालिकाका कार्यकारी अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो ।
स्थानीय तहले उपभोक्त समिती मार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता कायमै रहेको स्थानीय रामकुमार मेहताले बताउनुभयो । गत साउनमै स्थानीय तहमा बैँक स्थापना हुने भनिए पनि यहाँ स्थानीय तहमा बैँक स्थापना हुन् सकेको छैन् । स्थानीय तहमा बैँक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको देवानगंज गाउँपालिकाका सह लेखा अधिकृत सुनिल ठाकुरले बताउनु भयो । 

बैँक नभएका कारण ठुला ठुला कारोबार गर्ने स्थानीय व्यपारीलाई समेत समस्या भएको छ ।गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता बैँकको कामले २१ किलोमिटर सदरमुकाम जान बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैँक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैँकमा खोलिएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सुनसरी हरिनगरमा स्कुल संचालकको दिनदहारै हत्या

विराटनगर ४ असोज ः सुनसरीको दक्षिणी सिमावर्ती गाउँपालिका हरिनगर - २ भुटाहामा आज रैयान नेशनल पब्लिक स्कुलका प्रिन्सीपल खुर्शीद इस्लामीको हत्या भएको छ ।

SITENAME

गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

इनरुवा, १ असोज : सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।  गाँउपालिकाले जनताको सेवालाई सहज

SITENAME

नेपाल कुशवाहा समाज विराटनगरको अधिवेशन सम्पन्न

विराटनगर ,३ भदौ : नेपाल कुशवाहा कल्याण समाज विराटनगर नगरकार्यसमितिको ऐतिहासिक ७ औ अधिवेशण सम्पन्न भएको छ । विराटनगर स्थित महेन्द्र मोरङ्ग