भारतीय सीमा क्षेत्रका जनता विकास कार्यक्रमबाट लाभान्वित

SITENAME

विराटनगर, २८ फागुन : मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माण कार्यले गति लिन थालेको छ । 

मोरङ जिल्लाअन्तर्गत पर्ने विराटनगर महानगरपालिकासहित रंगेली, सुुनवर्सी, रतुुवामाई नगरपालिका तथा जहदा र धनपाल गाउँपालिकाका भारतीय सीमा क्षेत्र विकास कार्यकम सञ्चालनमा आएको हो । 

दुुई वर्षदेखि सञ्चालनमा आएको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत गतवर्ष रु तीन करोड ५० लाख रकम विनियोजित भएको थियो । 

उक्त रकमबाट सडक, पुुल पुुलेसा निर्माणदेखि किसानका लागि बोरिङ, साना सिँचाइ योजनासमेत सञ्चालनमा आएका छन् । 

विकास निर्माणका पूर्वाधारदेखि स्थानीयवासीको आयआर्जन, सीप विकासमा बजेट खर्च भएको कार्यक्रमका इन्जिनियर कञ्चन भट्टराईले बताउनुुभयो । 

भारतीय क्षेत्रभन्दा नेपालको क्षेत्रका बासिन्दा मानव विकास सूचकांकमा पछि परेको तथा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा समेत पछाडि रहेको पाइएकाले नेपाल सरकारले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा २.५ किलोमिटर कालोपत्र सडक, कल्भर्ट, कृषि बजारका लागि भवन निर्माण, १३ जना किसानलाई निःशुल्क पम्पसेट वितरण तथा डिप बोरिङ, २२ जना किसानलाई हाते ट्र्याक्टरसमेत वितरण गरेको छ । 

विराटनगर महानगरपालिकाका सीमा क्षेत्रसँग जोडिएका विभिन्न वडामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले सीमा जोडिएका महानगरपालिकाका वडामा विकास निर्माणको कामलाई अगाडि बढाउनका साथै सो क्षेत्रका बासिन्दाको आर्थिक, सामाजिक विकासलाई लक्षित गरेर सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

यसैगरी चालू आर्थिक वर्षका कार्यक्रमअन्तर्गत रु तीन करोड ३० लाख रकम छुुट्याएर सोहीअनुुसारको विकास निर्माण तथा क्षमता विकासका काम भइरहेको बताउनुभयो । 

स्थानीय तह सञ्चालनमा आएसँगै सीमा क्षेत्र विकास कार्यक्रम पनि स्थानीय निकायबाटै सञ्चालनमा आउन थालेका छन् । 

पहिले जिल्ला विकास समितिबाट हुुने काम अहिले बजेट विनियोजित गर्ने, कहाँ कुुन काम गर्ने विषय स्थानीय निकायबाटै हुुने गरेको इन्जिनियर भट्टराईको भनाइ छ । 

सीमा क्षेत्रका बासिन्दालाई लक्षित गरेर ल्याएको यो कार्यक्रम विकास निर्माणमा सहयोग पुुगेको स्थानीयवासीको भनाइ छ । कार्यक्रमलाई प्रभावकारी बनाउन थप बजेट विनियोजित गरेर कार्यक्रम विस्तार गर्नुु पर्ने आवश्यकता रहेको छ । 

मोरङसहित सीमा जोडिएका, झापा सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, चितवन र कञ्चनपुर जिल्लामा यसै वर्ष सो कार्यक्रम सञ्चालनमा आएका छन् । 

बीसवटा जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि चालू आवका लागि रु एक अर्ब २१ हजार निकासा भएको स्थानीय विकास मन्त्रालयले जनाएको छ । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

अन्तिम पुषमा बथनाहा विराटनगर रेल सञ्चालनमा आउने

 विराटनगर, ८ असार : सरकारले आगामी पुसको अन्त्य सम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग

SITENAME

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज, ६ असार  : भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।  सस्तो मूल्य र गुणस्तरहीन भारतीय

SITENAME

महानगरले साप्ताहिक हाटबजार साउन देखि बन्द गर्ने

विराटनगर, ३ असार : विराटनगर महानगरपालिकाले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने  तयारी गरेको छ । आज विराटनगरमा  विकल्प