रंगेलीमा बन्ने भयाे २ कराेडको प्रहरी भवन ।

SITENAME

रबिन्द्र बराल

रंगेली, २८ फागुन । माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यालयकाे परिषरमा साेमबार एक कार्यक्रम बिच नयाँ भवनकाे शिलान्यास सम्पन गरिएको छ । १२ कठ्ठा जमिनमा बन्न लागेकाे उक्त भबनकाे शिलान्यास एवम अनावरण प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्रि पशुपति उपाध्याय बाट भएको छ ।

          अब बन्ने भवनमा प्रहरी निरिक्ष,साहयक निरिक्षक,कर्मचारीहरुका लागि छुट्टाछुट्टै काेठाकाे हुने र पुरुष थुनुवा , महिला थुनुवा र सुबिधा युक्त शाैचालय हरुकाे निर्माण हुने भएको छ । १९ काेठे भवनको कुल लागत २ कराेड ३२ लाख ३१ हजार १ सय ४६ रुपैया २१ पैसामा  भवन निर्माण हुने भएको छ । 

    जिल्ला प्रहरी कार्यालय माेरङ र काेशी एण्ड न्याैपाने निर्माण सेवा समिति काठमाडौ बिच फागुन १५ गते निर्माण ठेक्का काे सम्झौता समेत भएको छ। साे भवन २०७५ फागुन १४ गते भित्र निर्माण सम्पन हुने भएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक अरुण कुमार बिसि , रंगेली नगरपालिका का कार्यकारी अधिकृत लक्ष्मीप्रसाद रेग्मी ,सुनवर्सि नगरपालिका मियर काली प्रसाद दास,धनपालथान गाउँ पालिका का अध्यक्ष हरिलाल सिंह , स्थानीय सुरेश मिश्रा मंङगल चन्द अग्रवाल, शंकार साह, सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवाल , नगरपालिका का वडा अध्यक्ष रामचन्द्र मंडल, महानन्द मंडल, घन्श्याम पनेरु लागायत काे समेत उपस्थित मा उक्त कार्यक्र भएको हो । 

      कार्यक्रम काे स्वगत मन्तब्य तथा निर्माण प्रतिवेदन प्रहरी नायव उपरीक्षक ईन्जिनियर ईश्वर थापाले गरेका थिए । ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले कार्यक्रम संन्चालन गरेका थिए । उक्त कार्यक्रममा नगर प्रमुख ,स्थानीय ,बुद्धिजीवी तथा अतिथि लगायत हरुले प्रहरी काे काम कर्तव्य बारेमा बाेलेका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

अन्तिम पुषमा बथनाहा विराटनगर रेल सञ्चालनमा आउने

 विराटनगर, ८ असार : सरकारले आगामी पुसको अन्त्य सम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग

SITENAME

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज, ६ असार  : भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।  सस्तो मूल्य र गुणस्तरहीन भारतीय

SITENAME

महानगरले साप्ताहिक हाटबजार साउन देखि बन्द गर्ने

विराटनगर, ३ असार : विराटनगर महानगरपालिकाले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने  तयारी गरेको छ । आज विराटनगरमा  विकल्प