प्राइम लाइफ इन्स्योरेन्सले करिब १ अर्ब कित्ता हकप्रदमा आवेदन खुल्ला गरे ।

SITENAME

काठमाडौ, २८ फागुन । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रदमा आईतबारबाट आवेदन खुल्ला गरेको छ । कम्पनीले १ बराबर १.६ को अनुपातमा हकप्रद निष्काशन गरेको हो ।

कम्पनीको हकप्रदमा बैशाख २ गतेसम्म आवेदन गर्न सकिनेछ । चुक्ता पुँजी ६१ करोड २ लाख रुपैँया रहेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

गत फागुन १७ सेयरधनी पुस्तिका बन्द गरेको कम्पनीले ९७ करोड ६३ लाख २० हजार रुपैँया बराबरको १६० प्रतिशत हकप्रद निष्काशन गरेको छ । कम्पनीको हकप्रदमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

१ सय ६० प्रतिशत हकप्रदको बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिको नियम अनुसार चुक्ता पुँजी बढाउनको लागि कम्पनीले हकप्रद निष्काशन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख खुद नाफा गरेको कम्पनीको दोस्रो बजारमा सेयरमूल्य छ सय पचास रुपैँया रहेको छ । इन्स्यारेन्सले हाल कायम पूँजी र हकप्रदले समेत पाउने गरि समायोजित १२.५ प्रतिशत बोनस समेत वितरण गर्नेछ ।

हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको अहिलेको अवस्थामा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस
SITENAME

बिक्न छाड्यो अलैँचीको बिरुवा

मंगलबारे, इलाम, १० असार :  इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न

SITENAME

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज, ६ असार  : भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।  सस्तो मूल्य र गुणस्तरहीन भारतीय

SITENAME

डोको बुनेर जीविका चलाउँदै सत्तरी बर्षीय विक

रामपुर, पाल्पा, २२ जेठ : पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आउनुभएको छ