विश्वकप छनोट : नेपालको लगातार तेस्रो हार

SITENAME

काठमाडौँ, २६ फागुन : आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।  

आज भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । 

नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८।४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । 

अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो । 

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्स्म्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए । 

यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए । 

त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए । 

अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए । 

नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ । 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय भलिबल प्रतियोगिता

लहान, १६ चैत : लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि

SITENAME

जर्मनी र स्पेनले बराबरी खेले

१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् । २०१० को विश्व च्याम्पियन स्पेनले खेलको

SITENAME

विराटनगरको साथ फुटबलको विकास

विराटनगर, ८ चैत, यसपल्ट विराट गोल्डकप फुटबल आयोजक समितिले विराटनगरको साथ, फुटबलको विकास नारा अंकित गरेको छ । वि.स.२०१८ सालदेखि आयोजना सुरु भएको