गच्छदारविरुद्धको मुद्धामा सुनुवाइ सुरु

SITENAME

काठमाडाै, २५ फागुन : सुनसरी ३ बाट प्रतिनिधिसभमा निर्वासचत काँग्रेस नेता विजयकुमार गच्छदार विरुद्धको मुद्धामा सुनुवाइ सुरु भएको छ ।

             गच्छादारले निर्वाचनमा धाँधली गरेको दाबी गर्दै उम्मेदवारी खारेजी सम्मको माग गरिएको मुद्दामा शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ सुरु भएको हो ।

             प्रधानन्यायाधीश गोपाल पराजुली सहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा र दीपकुमार उपाध्यायको संवैधानिक इजलाशले गच्छादारको मुद्दामा सुनुवाइ सुरु गरेको छ ।

             नेकपा एमालेकी नेतृ भगवती चौधरीले पुस ११ मा दायर गरेकोे निवेदनमा अन्तिम सुनुवाइ गर्न सर्वोच्चको संवैधानिक इजलाशमा बहस सुरु भएको हो । यसअघि पुस १४ मा सर्वोच्चले गनिएका मतपत्र मगाएको थियो ।

             प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट उम्मेवार रहेकी चौधरीले सुनसरी निर्वाचन क्षेत्र ३ मा पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

             सर्वोच्चले उक्त मुद्दामा रिट जारी हुने आदेश गरेमा गच्छदारले सांसद पद गुमाउनुपर्नेछ । तर, मुद्दा नै खारेज गरेमा चौधरीको माग पूरा हुनेछैन र गच्छदार प्रतिनिधिसभा सांसद कायमै रहनेछन् ।

             सुनसरी ३ मा गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए । चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन् । गच्छदार काँग्रेसको संसदीय दलका उपनेता समेत हुन् ।

प्रतिकृया दिनुहोस
SITENAME

वाइडबडी घोटाला प्रकरणमा मेरो कुनै संलग्नता छैनः सभापति देउवा

काठमाडौँ, ३० पुस : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो

SITENAME

वैकल्पिक शक्तिका रुपमा फोरम

धनुषा, २७ पुस : उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय समाजवादी फोरम नेपाल अब दुई ठूला पार्टी नेपाल कम्युनिष्ट (नेकपा) र

SITENAME

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही गर्नुपर्छ– सभापति देउवा

विराटनगर, २० पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताउनुभएको छ