समाज जोड्ने पहाडी मधेसीको अन्तर जातीय विवाह

SITENAME

 

विराटनगर, २५ फाल्गुन – समाजमा सबै जात वीच विवाह हुने हो भने सामाजिक सद्भाव कहिल्यै खल्बलिने थिएन । कथित तल्लो र माथिलो जात अनि जातीय भेदभावको सिमा नै रहने थिएन ।

 विहिवार सामाजिक सद््भावका लागि कोशेढुंगा सावित हुने यस्तै एक विवाह कार्यक्रम विराटनगरमा भयो । पूर्व पत्रकार एवम् नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य रामरिझन यादवको जेठी छोरी शिखाकिरणको इनरुवा निवासी धिरज भट्टराई सँग लगनगाँठो कसियो ।

३ दशक अगाडी रामरिझनले पहाडे समुदायकी लक्ष्मी अधिकारी सँग अन्तर जातिय विवाह गरेका थिइ । पढाउने रामरीmन र पढ्ने लक्ष्मीको यो जोडीबाट २ छोरी छन् । महेन्द्र मोरङ्ग आर्दश बहुमुखी क्याम्पस विराटनगरका, विज्ञान विषयका पूर्व प्राध्यापक यादव १५ वर्ष अगाडी प्राध्यापन छाडेर राजनीतिमा होमिएका थिए । डा .बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा यादव प्रेस सल्लाहकार थिए ।

वर पक्ष भट्टराई अष्ट्रेलियाबाट एमबीए गरेका छन् । विराटनगरका शिखाकिरण पत्रकारीतामा मासकम्युनिकेशन र अंग्रेजीमा एमए गरेकी छन् । समाज परिवर्तनका लागि शिक्षा नै प्रमुख कुरा हो भन्ने यो विवाहले देखाएको छ । किनभने धिरज र शिखालाई जात र समुदायले रोकन ।

अध्ययनको क्रममा काठमाण्डौँमा धिरज र शिखा वीच प्रेम भएको थियो । प्रेमबारे यादव र भट्टराई परिवारले थाहा पाएपछि । सहमतिमै विवाह गर्ने कार्यक्रम तय भयो । दुवैको लगनगाँठो विराटनगर स्थित वीरेन्द्र सभागृहमा कसियो जसलाई स्टेजम्यारिज भनिएको छ । विवाह मा बेहुली पक्षले मैथिली परमपराअनुसार विवाह गरे । विवाह समारोहमा शुरुदेखी अन्त्य सम्म मैथिली गीत मात्रै बजाएको थियो । विवाह समाहरोमा बेहुलीको तर्फबाट प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमीरे , नयाँशक्ति नेपालका महिला नेतृ हिशिला यामी , राजनितीक विश्लेशक सीके लाल तुलानारायण साह,र मैथिली साहित्यकार धीरेन्द्र प्रेमर्षी सहभागी थिए । बेहुलाको तर्फबाट सुनसरी कांग्रेसका सभापती तथा प्रदेश नं.१ का प्रमुख प्रतिपक्षी नेता राजिव कोइराला, सुनसरी कांग्रेस सचिव केदार भण्डारी,ईनरुवा नगरपालिका का मेयर राजन मेहता लगायत काठमाण्डौँ देखी विराटनगर सम्मका सयौँको सहभागिता थियो । विवाह समाहरोमा सहभागिहरुले बेहुला बेहुलीलाई आर्शिवाद दिदै सेल्फी खिचाउने होडबाजी नै चल्यो । सामाजिक संजालको भित्तो यो विहे कार्यक्रमले भरिएको देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा बेहुलीका बाबु आमा रामरिझन यादव र लक्ष्मी अधिकारीले विवाहको निम्तो गर्दा उपहार तथा नगद ल्याउने बन्देज गरेका थिए । आमन्त्रितहरुले समेत बेहुला बेहुलीलाई आर्शिवाद दिए तर नगद वा उपहार दिएनन् । विवाहमा  सहभागी सबैलाई दिवाभोज दिइयो । अन्तर जातीय विवाह हेर्न वीरेन्द्र सभागृहको हल खचाखच भरिएको थियो । विवाहको अघिल्लो दिन यादवको विराटनगर–१० स्थित तिनटोलीयाको घरमा मैथिली परम्परा अनुसार  मैटकोर  विधी गरिएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

देवानगंजमा ग्रामिण पत्रकारिता तालिम

विराटनगर, ५ जेठ :  नागरिक मिडिया प्रा.लि. विराटनगरको आयोजना र देवानगंज गाउँपालिकाको सहयोगमा शुक्रवार देखि अधारभूत ग्रामिण पत्रकारीता तालिम सुरु भएको

SITENAME

छुवाछुतको घटनामा मिलापत्र

धनगढी, ५ जेठ : कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी

SITENAME

किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ : नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ ।  नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान