पार्टी एकता कार्यदलको प्रतिवेदन बन्दै

SITENAME

काठमाडौँ, २४ फागुन : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ । 

केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन । 

संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको जानकारी दिनुभयो । 

पार्टी एकता संयोजन समितिको यही फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर यही फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो । 

वैचारिक कार्यदलको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ । दुवै कार्यदललाई यही फागुन २५ गतेभित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुनसक्ने बुझिएको छ । 

प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

कार्यकारी राष्ट्रपतिय प्रणाली हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने- कांग्रेस नेता केसी

विराटनगर, ३ असार : नेपाली कांग्रेसका  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली  व्यवस्था हाम्रो जस्तो मुलुकका लागि

SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले

SITENAME

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, २२ वैशाख : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको