काँग्रेस संसदीय दलका उपनेतामा गच्छदार

SITENAME

काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुभएको छ । 

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गर्नुभएको हो । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गर्नुभएकामा सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । उहाँले सांसदहरुले संसद्मा निर्वाह गर्ने भूमिका आधारमा पार्टीले मूल्यांकन गर्नेसमेत बताउनुभयो । 

बैठकमा नेता प्रकाशमान सिंहले पार्टीका सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकामा बधाई एवं कार्यकालको शुभकामना दिनुभयो । 

बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसको पुण्यतिथिमा श्रद्धाञ्जलि प्रस्ताव पारित गरेको छ । श्रद्धाञ्जलि प्रस्तावमा भनिएको छ, “त्याग, बलिदान, निष्ठा, सदाचार र दृढ इच्छाशक्तिका प्रतिमूर्ति कृष्णप्रसाद भट्टराईले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संसदीय शासन प्रणालीलाई सुदृढ बनाउन योगदान दिनुभएको थियो ।” 

नेपालको संविधानले निर्दिष्ट गरेको बाटाबाट समृद्ध नेपाल निर्माण गर्ने कार्यमा निरन्तर क्रियाशील रहन नेता भट्टराईको जीवन, दर्शन र संघर्षले सदैव प्रेरित गरिरहने प्रस्तावमा उल्लेख छ । 

 

 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

कार्यकारी राष्ट्रपतिय प्रणाली हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने- कांग्रेस नेता केसी

विराटनगर, ३ असार : नेपाली कांग्रेसका  केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली  व्यवस्था हाम्रो जस्तो मुलुकका लागि

SITENAME

लेबनानमा संसदीय निर्वाचनका लागि मतदान सुरु

बेरुत, २३ वैशाख : लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ ।  कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले

SITENAME

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

काठमाडौँ, २२ वैशाख : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको