श्रीदेवीको मृत्यु 'दुर्घटनावश बाथटबमा डुबेर'

SITENAME

नयाँ दिल्ली, भारत,  १४ फागुन : :चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ।

यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।

उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

बलिवूड अभिनेत्री श्रीदेवीको निधन

बलिवूडका हस्तिहरू, खेलकुदमा नाम कमाएका व्यक्तित्वहरू र शीर्षस्थ राजनीतिज्ञहरूले उनको मृत्युमा शोक व्यक्त गरेका थिए।

 

कारण निर्क्योल

दुबईको सरकारी सञ्चार कार्यालयले श्रीदेवीको शवपरीक्षणको विश्लेषण सम्पन्न भएको र मृत्युको कारण निर्क्योल भएको जनाएको छ।

अधिकारीहरूका अनुसार उनको मृत्युको केस नियमित कानुनी प्रक्रिया अगाडि बढाउन दुबईको सार्वजनिक अभियोक्तालाई हस्तान्तरण गरिएको छ।

मृत्युको कारण उल्लेख भएको शवपरीक्षणको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको 'गल्फ न्यूज'ले जनाएको छ।

'गल्फ न्यूज' का अनुसार श्रीदेवीको शव स्वदेश फर्काउन केही समय लाग्न सक्छ।

अन्त्येष्टिमा ढिलाइ?

यसअघि उनको शव सोमवार भारत लगिने अपेक्षा गरिएको थियो।

अन्त्येष्टिपूर्व उनलाई श्रद्धाञ्जलि दिन मुम्बईस्थित उनको घरबाहिर ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका छन्।

दुबई सरकारको ट्विटमा विषसँग सम्बन्धित परीक्षणका बारे केही उल्लेख गरिएको छैन।

शवपरीक्षणको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।

तर यसले हृदयाघातबारे आएको प्रारम्भिक विवरण र विधिविज्ञान विवरणमा देखिएको 'दुर्घटनावश भएको डुबाइ' को के सम्बन्ध हुनसक्छ त्यो स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

 

 

बीबीसी

प्रतिकृया दिनुहोस
SITENAME

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको 'कार्डिएक अरेस्ट'का कारण निधन , के हो 'कार्डिएक अरेस्ट'?

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको कार्डिएक अरेस्टका कारण दुबईमा निधन भएको बताइएको छ। नेपालमा पनि हालैका वर्षमा कार्डिएक अरेस्टको समस्या देखिने

SITENAME

क्यान्सर अस्पतालको सेवा प्रभावकारी बनाउन फरक ढंगले अघि बढिरहेका छौं : डा विजयचन्द्र आचार्य

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्, डा विजयचन्द्र आचार्य। गत बैशाखमा उक्त पदमा आएपछि डा आचार्यले

SITENAME

स्वास्थ्य बीमा किन र नागरिकलाई के फाइदा? : डा गुणराज लोहनी

  डा गुणराज लोहनी स्वास्थ्य बीमा हेर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका पूर्व कार्यकारी निर्देशक हुन्। हालै मात्र उनले समितिबाट राजीनामा