संघीयता सफल पार्न कर्मचारी र पत्रकारको अहम् भूमिका

SITENAME

पोखरा, ७ फागुन ः प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीले संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारी र संचारकर्मीको अहम् भूमिका रहने बताउनुभएको छ । 

संघीय संसद् सचिवालयको आयोजना तथा संसद् सहयोग परियोजना (युएनडिपी) को सहकार्यमा आयोजित प्रदेशसभाका कर्मचारी तथा संचारकर्मीका लागि सभा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले संघीयता नवीनतम् भएको हुँदा कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो । 

सभामुख अधिकारीले सरकारले गरेका राम्रा कामलाई उजागर गरी जनता सामु पु¥याउन पत्रकारलाई आग्रह गर्दै संघीयताको सफल कार्यान्वयन गरी प्रदेश नं ४ लाई नमूना र समृद्ध प्रदेशका रुपमा विकास गर्न सकिन्छ भन्नुभयो । 

“अबको आन्दोलन समृद्धिको लागि गरिनु पर्दछ,” उहाँले भन्नुभयो । 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संसदीय रिपोर्टिङ यस क्षेत्रका पत्रकारका लागि नयाँ अभ्यास भएको बताउँदै मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले विविध व्यवस्थापन र संसदीय प्रक्रियामा संचार जगतको भूमिका, सांसद सुविधा व्यवस्था र प्रदेशसभा सचिवालय र संसदीय प्रक्रियाबारे आधारभूत जानकारी, प्रदेशसभा सचिवालयका उपसचिव गोपाल सिग्देलले प्रश्न व्यवस्थापन, युएनडिपीका संसदीय बाह्रय पहुँच टीम लिडर दिलादत्त पन्तले कर्मचारी र मिडिया, प्रदेशसभा सचिवालयका कम्प्युटर अधिकृत अनन्त कोइरालाले संसदीय समिति विषयमा सहजीकरण गर्नुभएको थियो । 

एकदिने उक्त अभिमुखीकरण कार्यक्रममा प्रदेशसभा सचिवालयका कर्मचारी र संसदीय रिपोर्टिङमा चासो राख्ने पत्रकार गरी कूल ५० जनाको सहभागिता रहेको छ । 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ३ असार :  नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा

SITENAME

भारतीय प्रमलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ, २८ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय

SITENAME

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको