देवानगंजमा उपभोक्ता समितीलाई तालिम

SITENAME

विराटनगर,५ फागुन : सुनसरीको दक्षिणी सिमावर्ती क्षेत्र देवानगंज गाउपालिमा वडा स्तरमा हुने विभिन्न योजनाहरू संचालनको लागि गठित उपभोक्ता समितीका पदाधिकारीहरूलाई एक दिने प्रशिक्षण कार्यक्रम संचालन भएको हो । विगतको दिनमा उपभोक्ता समिती मार्फत संचालन भएको योजनाहरू त्यति प्रभावकारी नदेखिएकोले यस्तो प्रशिक्षण कार्यक्रम संचालन गर्नुपरेको गाउँपालिकाका अध्यक्ष लालिप्रसाद मेहताले बताउनुभयो ।

आज (शनिवार)  वडा नम्वर ६ मा सम्पन्न प्रशिक्षण कार्यक्रममा संचालन हुने योजना तथा कार्यक्रमहरू वारे उपभोक्ता समितीका पदाधिकारीहरूलाई योजना संचालनको एन नियम वारे जानकारी गराइएको हो ।
सतप्रतिशत कार्यसम्पादनको लागि सुशासन र पारदर्शीता कायम गर्ने वारे सव इन्जिनियर चन्द्रशेखर सिन्हाले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत सुनिल ठाकुरले योजना सम्झोता र योजना सम्पन्न भईसकेपछि फर्छौट प्रक्रिया वारे जानकारी गराउनुभयो । निर्माण सामग्री खरिद विलभौचर वारे गाउँपालिकाका रूद्रनारायण मेहताले जानकारी गराउनु भयो ।
कुनै पनि उपभोक्ता समिती बनाउदा ७ देखि ९ जना सम्मको मात्र हुनुपर्ने,३३ प्रतिशत महिला अनिवार्य र अध्यक्ष, सचिव ,कौषाध्यक्षमा एक जना महिला अनिवार्य हुनुपर्ने नियम रहेको छ । जनश्रमदानमा पक्की कार्य गर्दा ५ प्रतिशत र माटोको कार्यमा १० प्रतिशत रकम जम्मा गर्नुपर्ने छ । विकास निर्माणको क्रममा रूख काटनुपरेमा काटेको भन्दा दोवर लगाउनुपर्ने नियमको पालना गर्नुपर्ने लगायत वारे समेत जानकारी गराएको हो । उक्त कार्यक्रममा वडा सदस्यहरू कौशल्या चौधरी , प्रशुराम यादव ,बाजनारायण चौधरी,सुमित्रा दास लगायत विभिन्न उपभोक्ता समितीका पदाधिकारी लगालत ६० जनाको सहभागिता रहेको वडा सचिव प्रभुप्रसाद पराजुलीले बताउनुभयो । 
कार्यक्रममा बाटो,कलभट,स्कुल, मठमन्दिर,स्वास्थ्य  भौतिक निर्माण लगायत सम्पूर्ण योजना उपभोक्ता समिती मार्फत गर्ने हाम्रो लक्ष्य रहेको वडा नम्वर ६ को अध्यक्ष देवनारायण मेहताले बताउनुभयो । जनप्रतिनिधि नभएको अवस्थामा विकासले गति लिन नसकेकोले बताउदै अव हामीले सतप्रतिशत काम गराउने विचार समेत व्यक्त गर्नुभयो । यस किसिमको कार्यक्रम ७ वटै वडामा  संचालन हुने अध्यक्ष मेहताले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

अन्तिम पुषमा बथनाहा विराटनगर रेल सञ्चालनमा आउने

 विराटनगर, ८ असार : सरकारले आगामी पुसको अन्त्य सम्म जयनगर–जनकपुर–कुर्था र बथनाहा–बिराटनगर रेलमार्ग सञ्चालनमा ल्याउने भएको छ । सो रेलमार्ग

SITENAME

चप्पल उद्योग सङ्कटमा

वीरगन्ज, ६ असार  : भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् ।  सस्तो मूल्य र गुणस्तरहीन भारतीय

SITENAME

महानगरले साप्ताहिक हाटबजार साउन देखि बन्द गर्ने

विराटनगर, ३ असार : विराटनगर महानगरपालिकाले महानगर भित्रका साप्ताहिक हाटबजार यही साउन महिनादेखि बन्द गर्ने  तयारी गरेको छ । आज विराटनगरमा  विकल्प