बृद्धाश्रममा आगलागी हुँदा एघारको मृत्यु

SITENAME

टोकियो, १८ माघ  ः उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ । 

उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो । 

उत्तरी जापानमा यतिखेर हिउँ परिरहेको छ । तर पनि आगोको मुस्लोले सो भवनलाई पूर्णरुपमा क्षति पु¥याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्रक यन्त्रले संघर्ष गरिरहेका स्थानीय टेलिभिजनका फुटेजमा देखाइएको छ । 

न्युन आय भएका व्यक्तिको लागि बनाइएको सो बृद्धाश्रममा अकस्मात आगलागी सुरु भएको र त्यसमा परी ११ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बिहीबार जानकारी दिएको छ । 

स्थानीय संगठनको सहयोगमा सञ्चालनमा रहेका १६ वटा बृद्धाश्रम राखिएका आवासीय भवनमध्ये एकबाट सुरु भएको सो आगलागीमा परी आठ जना पुरुष र तीन महिलको मृत्यु भएको थियो । 

आगलागीपछि अन्य पाँचवटा आवासीय भवनबाट भाग्न खोजेका व्यक्तिहरु भने सामान्य रुपमा घाइते भएका बताइएको छ । 

सो आगलागी बुधबार राति स्थानीय समयाअनुसार ११ः४२ मा सुरु भएको बताइएको छ । 

 

एएफपी

प्रतिकृया दिनुहोस
SITENAME

कारखाना भत्किदा सातको मृत्यु

नयाँ दिल्ली, २० पुस एएनआई  : भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको मोती नगरमा अवस्थित एक कारखानाको पर्खाल भत्ँिकदा सात व्यक्तिको मृत्यु भएको छ

SITENAME

बलिउडका दिग्गज कलाकारकादर खानको मृत्यु

एजेन्सी,१७ पुस : बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही

SITENAME

भारतीय अभिनेता कादर खानको मृत्यु अफवाहा मात्र

एजेन्सी,१६ पुस : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला