अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

SITENAME

जितपुर, कपिलवस्तु, १९ माघ ः यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।  शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष भागीरथी यादवले बताउनुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का नेता तथा समाजसेवी अजिजुर रहमान शेषले लोपोन्मुख खेलको जगेर्ना गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको पहिलो दिन बिहीबार १० जोडी पहलमानले प्रतिष्पर्धा गरेका थिए । 

नेपालका नवलपरासी, पोखरा, काठमाडौँलगायतका स्थान तथा भारतका गोरखपुर, वनारस, झाँसी तथा मध्यप्रदेशका शहरबाट पहलमानले उक्त प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ । प्रतियोगिताको समापन शनिबार हुनेछ । 

 

रासस

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय भलिबल प्रतियोगिता

लहान, १६ चैत : लहान नगरपालिका वडा नं ११ पडरिया थारु टोलस्थित सिर्जना सामुदायिक पुस्तकालयद्वारा सञ्चालित तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि

SITENAME

जर्मनी र स्पेनले बराबरी खेले

१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् । २०१० को विश्व च्याम्पियन स्पेनले खेलको

SITENAME

विराटनगरको साथ फुटबलको विकास

विराटनगर, ८ चैत, यसपल्ट विराट गोल्डकप फुटबल आयोजक समितिले विराटनगरको साथ, फुटबलको विकास नारा अंकित गरेको छ । वि.स.२०१८ सालदेखि आयोजना सुरु भएको